लकडाउनमा फिल्मको सेट मिस गर्दै अनमोल के.सी

विश्वभर फैलिएको कोरोना संक्रमणको भयले नेपाल करिब दुई महिनादेखि लकडाउनमा छ । नेपाली फिल्मको क्षेत्रको गतिविध पनि लकडाउनदेखि शून्यमा छ । केही कलाकर्मीले लकडाउनमा राहत वितरण गरे, केही कोरोनाबाट बचेर बस्न आव्हवान गरे ।

युवा स्टार अनमोल केसीले भने लकडाउनमा फिल्मको छायाँकन मिस गरेछन् । बुधबार आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गर्दै अनमोलले आफुलाई फिल्मको छायाँकन सम्झिरहेको उल्लेख गरेका हुन् । ‘ए मेरो हजुर ४ को सेट मिस गर्दैछु’, अनमोलले आफ्नो इन्स्टाग्राममा लेखेका छन् ।

लकडाउन जारी भएपछि अनमोलले अभिनय गर्दै गरेको फिल्म ‘ए मेरो हजुर ४’ को छायाँकन स्थगन भयो । अनमोल घरमै बसेर लकडाउनको पालना गरिहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha