मनिषा कोइरालाप्रति गरेको दुष्प्रचारप्रति धुर्मुसको भत्र्सना

छिमेकी मुलुक भारतको हेपाह प्रवृत्तीप्रति नेपालीहरुले आफ्नो आवाज उठाइरहेका छन् । अझ नेपाली चेली मनिषा कोइरालाले नेपालको नयाँ नक्सामा खुसी मनाउ गर्दा भारतले गरेको तिरस्कारको नेपालमा यस्को बिरोध भैरहेको छ । नेपालका धेरै कलाकर्मी मनिषा कोइरालको समर्थन गर्दै भारतिय मिडियाको खुलेर बिरोध गरिरहेका छन् । यस्तै हाँस्यव्यांग्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस ले पनि यो जल्दोबल्दो बिषयमा आफ्नो भनाई राखेका छन् । यस्तै हाँस्यव्यांग्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस ले पनि यो जल्दोबल्दो बिषयमा आफ्नो भनाई राखेका छन् ।

बिहिबार सितारामले आफ्नो फेसबुकमा लेखेको स्टाटस यस्तो छ : हरेक सुख दुःखमा साथसाथै रहनु नै नेपालीको बिशेषता हो । भुकम्पको पीडा होस् या संबिधान जारी गर्दाको खुसी, नाकाबन्दीको दुःख होस् या लिम्पियाधुरासहितको नक्सा जारी गर्दाको गौरव, यसले हाम्रो एकता कायम गरेकै छौं ।

सबैलाई आफ्नो देश प्यारो हुन्छ । सबैलाई आफ्नो छिमेक आवश्यक हुन्छ । तर छिमेकी छिमेकीको सम्बन्ध आकारले होईन भावनाले समान हुनुपर्छ । हामी भारतसँग यही चाहन्छौं । नेपाल सरकारलाई हार्दिक धन्यवाद जसले हाम्रो देशको सर्वाङ्ग तस्वीर सार्बजनिक गरेको छ । अब यसैगरी कुटनैतिक ढङ्गले भु भाग फर्काउन पहल गरौं । जसमा हामी राजनैतिक रङमा बाँडिएर हैन नेपालीको सुत्रमा बाँधिने छौं ।

हामीलाई कसैको भु-भाग जित्नु छैन, संसारको मन जित्नु छ र नेपाल आमाको रक्षा गर्नुछ ।

प्रसंग मनिषा कोईराला दिदीको, मनिषा कोईराला हिन्दी चलचित्रकी नायिका मात्र नभएर बि.पी. कोईरलाकी नातिनी पनि हुनुहुन्छ । जसका हजुरबाले आफ्नो सिंगो जीवन नेपालको हितका लागि दिनुभयो । उहाँको कर्मभुमी भारत होला तर उहाँको मातृभुमी नेपाल हो । उहाँको स्वतन्त्र र सन्तुलित अभिव्यक्तिलाई तोडमोड गरेर केही भारतीय सञ्चार माध्यमले गरेको दुस्प्रचार अर्थहिन छ। त्यसको घोर भत्सना गर्दै दिदी प्रति उच्च सम्मान, साथ र समर्थन छ ।

अन्त्यमा, हल्ला र कोलाहलबाट हैन समस्या बार्ताबाट नै समाधान हुन्छ । हाम्रा सम्माननीय प्रधानमन्त्रीले भनेझैं सिंहको हैन् सत्यको जीत चाहान्छौं ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha