मनिषाको समर्थन गर्दै भारत बिरुद्ध बर्षाले के लेखिन् ?

नेपाली चेली मनिषा कोइराला बिरुद्ध भारतिय मिडियाले एकोहोरो रुपम गरिरहेको अत्याचारको नायिका बर्षा राउतले बिरोध जनाएकी छिन् । मनिषा कोइरालाले आफ्नो जन्मभूमिप्रति गरेको व्यवहार जायज भएको बर्षाको भनाई ।

बर्षा राउतले आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेकी छिन्, ‘पसिना बेच्न सकिन्छ, आमा होईन ! मनीषा कोईराला दिदीले आफ्नो आमा माथि हस्तक्षेप सहनु भएन । त्यसैले उहाँले आफ्नो अपमानसँग नडराई मातृ भूमीको सम्मान मा उभिनु भयो । आज भारतिय मिडियाले उहाँ माथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी छ । र, मनिषा दिदीको स्वाभिमानलाई अझै मजबुत बनाउन साथ दिन जरुरी छ । हाम्रो मातृ भूमि र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha