‘सिमाको विषयमा हामी सबै नेपाली एक छौं’ : केकी

भारतसँग जोडिएको नेपाली सिमाना बारे सेलिव्रेटीले आफ्नो अभिव्यक्ति दिनेक्रम जारी छ । नायिका केकी अधिकारीले पनि यस बारे आफ्नो भनाई सार्वजनिक गरेकी छिन् ।

शुक्रबार नायिका केकी अधिकारीले सिमाना विवाद बारे फेसबुकमा लेखेको स्टाटस यस्तो छ : भूपरिवेष्ठित राष्ट्र भएको कारणले हाम्रो भारतसंगको निर्भरता र अन्तराष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा छ । तर जब प्रश्न राष्ट्रिय स्वाधीनता र स्वार्वभौम्त्ता माथी उठछ,हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च हुन्छ।

सिमाको विषयमा हामी सबै नेपाली एक छौँ । कोही पक्ष अनि विपक्ष छैनौं । हामीसंग स्पष्ट प्रमाणहरु प्रशस्त छन् । हामीले आफ्नै भूमीको विषयमा कसैसङ्ग चर्किन झर्किन आवश्यक त छैन । तर सम्मान स्वरुप हामी प्रमाण सहित वार्ता गर्न तयार छौँ । हामी आफ्नो चिज चाहन्छौँ । अरुकोमा र्याल काड्दैनौँ।
हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहंदा यो नभुलौँ कि हामी नेपाली विश्वभर आफ्नो विरता, सभ्यता र सरलताको लागी कहलिएका छौँ । कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाउँमा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पुगाउने व्यबहारले परिचित छैनौँ भन्ने नभुलौँ।

हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं । हामी वैमनस्यतामा हैन बिचारमा बिश्वास राख्छौँ। हामी छिमेकीको जमीन हडप्नमा हैन, छिमेकीलाई हाम्रै हडप्न खोजेको जमिनमा स सम्मान चिया नास्ता खुवाएर बिदा गर्नमा विश्वास राख्छौं । भूगोलले सानो भएपनी नेपालीको मन ठूला ठूला देश भन्दा पनि बिशाल छ। नेपाली हो नि!!

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha