नम्रता श्रेष्ठको सुन्दरतामा लठ्ठै फ्यान (३ तस्बिर)

नम्रता श्रेष्ठ नेपाली फिल्म क्षेत्रकी सर्वाधिक सुन्दरी नायिका मध्येमा पर्न आउँछिन् । उनको सुन्दरतामा लाखौं फ्यान लठ्ठ छन् । नायिका नम्रता श्रेष्ठलाई फेसबुक फ्यान पेजमा पन्ध्र लाख बढीले लाइक गरेका छन् । फ्यान पेजमा उनी सक्रिय छिन् ।

शुक्रबार नम्रताले छोटो क्याप्सन लेख्दै आफ्ना तीन तस्बिर अपलोड गरिन् । ‘सबै साना कुराहरु ठिक हुन्छन्’ भन्दै सोफामा बसेर नम्रताले खिचेको तस्बिरहरुलाई उनका फ्यानले निकै रुचाएका छन् । झण्डै चालिस हजार बढीले लाइक गरेको उक्त तस्बिरहरुमा करिब एक हजार प्रतिक्रिया आएका छन् । धेरैले नम्रताको सुन्दरताको बयान गरेका छन् ।

नम्रताले आफ्नो फेसबुक फ्यान पेजमा सुन्दर तस्बिरहरु अपलोड गर्ने गरेकी छिन् । उनले फेसबुक पेजलाई आफ्नो फिल्म प्रदर्शनताका फिल्म प्रचारको माध्यमको रुपमा पनि प्रयोग गर्दै आइरहेकी छिन् भने आफुले गरेका सामाजिक कार्य र कहिलेकाहीं चेतनामुलक सामाग्री पनि पोस्ट गर्छिन् ।
लकडाउनको समयमा नम्रता र उनको समुहले हाम्रो सानो प्रयास नामक अभियान चलाएर विपन्न वर्गलाई सहयोग समेत गर्दै आइरहेको छ ।

पछिल्लो पटक नम्रताको निर्माण र अभिनय रहेको ‘जाइरा’ प्रदर्शनमा आएको थियो । ‘सानो संसार’ बाट फिल्म खेल्न सुरु गरेकी नम्रताले ‘मेरो एउटा साथी छ’, ‘नोभेम्वर रेन’, ‘मौन’ र ‘क्लासिक’ जस्ता फिल्महरुबाट दर्शकको मन जितिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha