प्रधानमन्त्रीको प्रशंसा गर्दै निखिल उप्रेतीले ठोके सलुट

नायक निखिल उप्रेतीले राष्ट्रियताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको प्रशंसा गरेका छन् । राष्ट्रियताको मामिलामा एक हुन आग्रह गर्दै भारतिय आशिर्वादको आधारमा सरकार चलाउने र गिराउने जस्तो घिनाउने राजनीतिको अन्त्य गर्न पनि निखिलले आव्हान गरेका छन् ।

‘आजसम्म राजनीतिक इतिहासमा कुनै पनि नेताले आफ्नो सरकार र कुर्सी दाउमा राखेर छिमेकी राष्ट्रको बारेमा बोल्ने हिम्मत गरेको थिएन’, निखिलले फेसबुक लाइभमा आएर भनेका छन्, ‘यो देशको लागि जुन चिजको साँच्ची नै खाँचो थियो । पहिलो पटक सम्माननिय प्रधानमन्त्री केपी ओली जीले गर्न सक्नु भयो । हामी सबैले सेलुट र आत्मासाथ गर्नु पर्ने कुरा हो ।’

‘हिजोको दिनसम्म आफ्नो सरकार टिकाउन र आफु सरकारमा बस्नको निम्ति सधैंभरी भारतको आशिर्वादको आश गरेर बस्ने बानी थियो । तर त्यो कतिञ्जेल बस्ने ? उस्को आश गर्दा गर्दै उस्ले हामीलाई हेप्नुको पनि एउटा हदसम्म पुग्यो । ओली जीले यो कुरा उठाउनु भयो यो हामी सबैको लागि उर्जाको चिज हो’, निखिलको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha