‘यो क्रुर अपराधको जति निन्दा गरेपनि कम हुन्छ’ : रवि लामिछाने

‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेर लोकप्रिय बनेका रबि लामिछानेले पनि जाजरकोटमा भएको दलित युवको हत्याको बिरोध गरेका छन् । साथै उनले २० वर्षिय नवराज विक र उनका साथीहरुको हत्याको विषयमा ‘सिधा कुरा जनतासँग’ मा समेट्ने प्रयास गर्ने आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

‘जातीय विभेदको धरातलीय यथार्थको एउटा कुरुप तस्बिर हो रुकुमको घटना । बिना कारण होनहार अमुल्य जीवनहरु गुमे । यो क्रुर अपराधको जति निन्दा गरेपनि कम हुन्छ । दोषीहरु माथी हदै सम्मको कार्वाही होस् । महापापीहरुका विरुद्ध सशक्त आवाज उठाउन आजको कार्यक्रममा यस घटना बारे विशेष रिपोर्ट प्रस्तुत गर्दैछौं । घटनाको अर्को पाटो बारेपनि जानकारीहरु आइरहेका छन् । घटना समाचारमा आए भन्दा फरक भए त्यसलाई पनि समेट्ने प्रयास गर्नेछौं’, आफ्नो फेसबुकमा रबि लामिछानेले लेखेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha