जातिय विभेद गर्दै हत्या गर्नेलाई कडा कारबाही होस् : धुर्मुस सुन्तली

कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल –धुुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) जातिय विभेदका कारण जाजरकोट ज्यान गुमाउनेको हत्यारालाई कडा कारबाही माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै धुर्मुस सुन्तलीले यो जल्दोबल्दो घटनाप्रति आफ्नो अभिव्यत्ति राखेका हुन् ।

सिताराम कट्टेल (धुर्मुस) : प्रेमजस्तो पवित्र प्रसंगलाई जातीय विभेदको अपराधले छोप्न खोज्ने पिडकलाई कडा सजाय होस् । घटनामा ज्यान गुमाउने भाइ नवराज र उनका साथीप्रति भावपूर्ण श्रद्धाञ्जली ।

जन्म कसैको रोजाई हैन तर कर्म मानिसको रोजाई हो । मानवताभन्दा ठूलो अर्को कुनै भावना छैन । जातीय कारण नै मानिसको ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो । यस्ता घटना निरुत्साहित गर्न कानुनमा भएको प्रावधानको सबैभन्दा कठोर प्रयोग गरियोस्, घटनाको सत्य तथ्य छानबिन होस् ।

कुञ्जना घिमिरे (सुन्तली) : नेपालको रुकुम जिल्लामा घटाईएको असामाजिक, अमानवीय, विभत्स हत्याको भत्र्सना गर्दछु । प्रेमजस्तो पवित्र प्रसंगलाई जातीय विभेदको अपराधले छोप्न खोज्ने पिडकलाई कडा सजाय होस् । घटनामा ज्यान गुमाउने भाइ नवराज र उनका साथीप्रति भावपूर्ण श्रद्धाञ्जली ।

जन्म कसैको रोजाई हैन तर कर्म मानिसको रोजाई हो । मानवताभन्दा ठूलो अर्को कुनै भावना छैन । जातीय कारण नै मानिसको ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो । यस्ता घटना निरुत्साहित गर्न कानुनमा भएको प्रावधानको सबैभन्दा कठोर प्रयोग गरियोस् । कारवाही यस्तो होस् कि उप्रान्त यस्ता अपराध गर्न त परै जावस्, कसैले सोच्न पनि नसकोस् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha