पल, उषा, सुधिर र सुनिशाको ‘माया गरौंला’यस्तो बन्यो

पल शाह, सुधिर श्रेष्ठ, सुनिशा बजगाईं र उषा उप्रेती फिचर्ड गीतको भिडियो सार्वजनिक भएको छ । चन्द्रागिरी हिल्स, चन्द्रागिरी रिसोर्ट र गोकर्ण फरेष्ट रिसोर्टमा खिचिएको गीतको भिडियो सुन्दर छ । भिडियो :

कृष्ण आचार्य भारद्वाजको संगीत रहेको गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर छ । शब्द दिनेश थपलियाले लेखेका हुन् । सरोज स्वयंमकै निर्देशन रहेको गीतको भिडियोमा विक्रम स्वाँरको कन्सेप्ट र कोरियोग्राफी छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई अमन मानन्धरले सम्पादन गरेका छन् ।

लकडाउन खुकुलो भएदेखि नै सरोज ओली म्युजिक भिडियो निर्माणमा सक्रिय छ । उनले बनाएका ‘ए है माया’ ले एक करोड बढी भ्युज पाएको छ भने ‘मायालु तिमी कता छौं २’ पनि हिट भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha