सुटिङ सेटमा निर्देशक माथि सृष्टिको कर्के नजर !

छायाँकन सुरु भएको केही दिनमै ‘बाँध मायाले’ को सेटबाट अनौठो प्रकारको तस्बिर बाहिरिएको छ । सार्वजनिक तस्बिरमा निर्देशक सबिर श्रेष्ठ, नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ छन् । तस्बिरमा सृष्टिको एक्सप्रेसन अचम्मको छ ।

तस्बिरमा सृष्टि निर्देशक र नायकको बिचमा छिन् । उनले निर्देशक श्रेष्ठलाई मुख बङग्याउँदै कर्के नजर लगाएकी छिन् । आर्यन र सविर भने क्यामेरा तिर फोकस छन् । जे होस्, सविर, आर्यन र सृष्टिको तस्बिर हेर्न लायकको छ । यो तस्बिरबाट के बुझ्न सकिन्छ भने ‘बाँध मायाले’ को सुटिङ निकै रमाईलोसँग भैरहेको छ । ‘बाँध मायाले’ को छायाँकन गत सातादेखि नवलपरासीमा हुँदैछ । फिल्ममा आर्यन र सृष्टि मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha