बर्षालाई बिहेको हतारो !

नायिका बर्षा राउत र नायक संजोग कोइराला लामो समयदेखि प्रेममा छन् । प्रेममा रमाई रहेकी बर्षालाई भने बिहेको निकै हतारो छ । तर संजोगसँग बिहे गर्न होइन, बिहेमा सहभागी हुंन ।

फिल्म ‘मिस्टर झोले’ को प्रोमो लञ्च कार्यक्रममा यस्तै झल्को देखियो । बर्षा कार्यक्रम सकिनै नपाउँदै टाप कसिंन । सारीमा सजिएकी बर्षा कता गइन् त ? ‘बिहेमा नि !’ ‘छक्का पञ्जा’ नायिकाले भनिन्, ‘मंसिर लाग्य छ, बिहेमा जाँदैमा फुर्सद छैन ।’ अरुको बिहेमा मात्र जाने कि आफ्नो पनि गर्ने ? ‘मेरो पनि होला नि कुनै दिन’, उनले हाँस्दै भनिन् ।

बर्षाले अभिनय गरेको पछिल्लो फिल्म ‘मिस्टर झोले’ पौष २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । जसको प्रोमो अहिले ट्रेन्डिङ नम्वर एकमा छ । प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha