प्रदीप खड्का किन बने ट्रोलको शिकार ?

प्रतिक्षित मानिएको फिल्म ‘लिलिबिली’ को गीत रिलिज गरिएको छ । नायक प्रदीप खड्का र नव नायिका जसिता गुरुङ फिचरिङ गीतको भिडियो स्कटल्यान्डमा आकर्षक तरिकाले खिचिएको छ । रिलिजको चौविस घण्टा नबित्दै नेपाल युट्युव ट्रेन्डिङको पाँचौं नम्वरमा आएको गीतको भिडियोलाई ३ लाख २६ हजार बढीले हेरेका छन् । भिडियो हेर्नुस् :

तर गीतमा नायक प्रदीप खड्काले लगाएको पहिरन भने ट्रोल बन्न पुगेको छ । ‘लिलिबिली’ मा उनले लगाएको कोटको कलर ‘प्रेम गीत’ र  ‘प्रेम गीत २’ सँग मिल्न गएपछि उनी सामाजिक सञ्जालमा मजाकको पात्र बनिरहेका छन्। सेलिव्रेटीहरु बेला बेलामा आफ्नो भनाई र पहिरनका कारण सामाजिक सञ्जालमा मजाकको पात्र बन्ने जान्छन् । पछिल्लो पटक प्रदीप यसकै शिकार भएका हुन् ।

‘लिलिबिली’ प्रेसमिटको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha