अनमोलको ‘कृ’ ले कस्तो गर्यो त ओपनिङ ?

अन्ततः अनमोल केसी स्टारर फिल्म ‘कृ’ देशका एक सय बढी हलहरुबाट प्रदर्शनमा आएको छ । झण्डै साढे तीन करोड लगानीमा दुई वर्ष समय लगाएर निर्माण गरिएको अनमोलको यो पाँचौ फिल्म निकै प्रतिक्षामा थियो । प्रदर्शनको पहिलो दिन यो बहुप्रतिक्षित फिल्मले कस्तो व्यापार गर्यो त ?

प्राप्त जानकारी अनुसार अनमोलको ‘कृ’ ले प्रदर्शनको पहिलो दिन झण्डै ६५ प्रतिशत अकुपेन्सी कायम गरेको छ । विशेष गरी अनमोलका युवा फ्यान राजधानीका मल्टिप्लेक्स हलहरुमा ‘कृ’ हेर्न पुगेका छन् । शुक्रबार, बिहानी शो सुखद रहेको फिल्मले मध्यान्ह्बाट उच्च अकुपेन्सी कायम गरेको हलवाला बताउँछन् । निर्माता भुवन केसीले शनिबार देशका हरेक हल हाउसफूल हुने अपेक्षा राखे । दर्शक प्रतिक्रिया हेर्नुस् :

कस्तो छ त कृ ?

करिब डेढ वर्षपछि दर्शकमाझ आएका युवा स्टार अनमोल केसीलाई उनका शुभ चिन्तकले स्वागत गरेका छन् । फ्यानले विशेषतः उनको लुक्स र फाईटको प्रशंसा गरेका छन् । नव-नायिका अदीति बुढाथोकी र भिलेन अनुप विक्रम शाहीको अभिनयलाई पनि दर्शकले मन पराएका पाइयो । यस्तै अभिनेता सरोज खनाल, अभिनेत्री रुपा राना र कलाकार कामेश्वर चौरसिया लगायत कलाकारहरुले फिल्ममा आफ्नो भूमिकालाई न्याय गरेका छन् ।

निर्माता सुवास गिरी र भुवन केसीको लगानी फिल्ममा प्रशस्त देखिन्छ भने सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानको मिहेनत पनि पर्दामा प्रष्टैसँग झल्किछ । फिल्मको ‘यति यति पानी’ गीत हिट भैसकेको छ । द्धन्द्ध निर्देशक चन्द्र पन्त ‘कृ’ को अर्को हिरो हुन् । पन्तले फाइट सिनमा निकै मिहेनत गरेका छन् । तर के ‘कृ’ ले नेपाल रिलिजबाटै आफ्नो लगानी सुरक्षित गर्ला त ? फिल्म नगरीमा अहिले यही प्रश्नको चर्चा छ । अनमोल र अदीतिसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha