‘रानी महल’ बाट बर्षा र प्रशान्तले हात झिके

अभिनेता प्रशान्त ताम्रकार र नायिका बर्षा सिवाकोटीले फिल्म ‘रानी महल’ बाट हात झिकेका छन् । फिल्मको छायाँकनमा ढिलाइ भएपछि उनीहरुले फिल्मबाट हात झिकेका हुन् ।

‘मैंले असारमै फिल्म गर्छु भनेर साइन गरेको थिएँ’, बर्षाले भनिन्, ‘अब फागुनमा पनि सुटिङ सुरु नहुने भएपछि कति कुर्नु भनेर एडभान्स फिर्ता दिएँ र टिमलाई फिल्म नखेल्ने बताए ।’ यता अभिनेता ताम्रकारले पनि आफ्नो समय नमिल्ने भएर रानी महल छोडेको बताए । स्क्रिप्टमै अल्झिएको रानी मलहको छायाँकन कहिलेबाट सुरु गर्ने भन्ने विषयमा निर्माण पक्ष अन्यौलमा रहेको देखिन्छ ।

हिमाल सुरेश न्यौपानको डेव्य निर्देशन रहने ‘रानी महल’को गएको केही साता अगाडी मात्रै होटल अन्नपूर्णमा भव्य कार्यक्रम गरेर औपचारिक घोषणा गरिएको थियो । सुरुमा यो फिल्ममा नायक प्रदीप खड्का खेल्ने चर्चा थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha