छातीमा टाटु खोपाउने राजेश हमालका फ्यान

राजेश हमाल नेपाली फिल्म क्षेत्रका महानायक हुन् । पछिल्लो समय भलै उनी फिल्ममा सक्रिय छैनन् । तर उनको फ्यान क्रेज भने घटेको छैन । महानायकको फ्यान क्रेज पछिल्लो एक घटनाले प्रष्ट्याएको छ ।


महानायक हमालको तस्बिर एक युवा फ्यानले दायाँ छातीमा खोपाएका छन् । जुन तस्बिरलाई महानायकले आफ्नो ईन्स्टाग्राममा कुल भन्दै सेयर गरेका छन् । छातिमा फोटो खोपाउने राजेश हमालका कत्तिसम्म फ्यान होलान् त ? सहजै पत्ता लगाउन सकिन्छ ।

उसो त केही वर्ष अगाडी एक महिला फ्यान महानायकसँग बिहे भएको भन्दै प्रहरी थानासम्म पुगेकी थिइन् । पाँच दशक पार गरेका महानायक हमाल दर्शकमाझ सर्वाधिक रुचाइएका अभिनेता हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha