शिल्पा र पुष्पको रोमान्स रिलिज (मंगलम गीत)

प्रदर्शनरत फिल्म ‘मंगलम’ को नयाँ गीत रिलिज भएको छ । ‘भन के गरुँ…’ बोलको गीतमा दिपक शर्माको संगीत, आनन्द अधिकारीको शब्द र जुनु रिजालको स्वर छ । नायिका शिल्पा पोखरेल र नायक पुष्प खड्का फिचरिङ भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । भिडियो हेर्नुस् :

छविराज प्रोडक्सनमा बनेको फिल्म ‘मंगलम’ लाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा शिल्पा र पुष्पसँगै अभिनेत्री मिथिला शर्मा, अभिनेता नीर शाह र नायक पृथ्वीराज प्रसाईं मुख्य भूमिकामा प्रस्ततु भएका छन् । नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको अभिनय छ ।

पारिवारिक प्रेम कथामा बनेको ‘मंगलम’लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । फिल्मले दर्शकलाई हलमा आकर्षण गरिरहेका छ । विशेष शोको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha