लभ, कमेडी र एक्सनको ‘भिमसेन’ बन्ने

फिल्म ‘भिमसेन’ बन्ने भएको छ । युवी फिल्मस ग्यालरीको ब्यानरमा निर्माण हुने फिल्मलाई भोमन कटुवालले निर्देशन गर्नेछन् । कटुवालकै लेखन रहेको फिल्म एक्सन, कमेडी र लभ स्टोरीमा बन्ने मंगलबार गरिएको प्रेसमिटमा जानकारी दिइयो ।


कला राइको लगानी रहेको फिल्म ‘भिमसेन’ मा संगीत बानियाँ, कोनिका घिमिरे, यादव देवकोटा ’सरापे’, राजु कमेडी ’रेम्बो’, राजन महर्जन लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा राजु किराँती राईको द्वन्द र पवन गौतमको सिनेम्याटोग्राफी हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha