प्रदीप र जसिताको ‘लिलिबिली’ लाई २५ शो

प्रदीप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लिलिबिली’ ले मल्टिप्लेक्स हलमा सर्वाधिक शो संख्या पाएको छ । राजधानीको क्युएफएक्स अन्र्तगतका हलहरुमा यो प्रतिक्षित फिल्मले २५ शोज पाएको हो । फिल्मको बुकिङ पनि खुला गरिएको छ ।

‘लिलिबिली’ को भागमा ‘शत्रुगते’, ‘बाघी २’, ‘नेप्टे’, ‘तिमी सँग’ र ‘ब्ल्याक मेल’ लाई शो विभाजन गर्दा २५ शो परेको हो । लभ स्टोरी फिल्मले मल्टिप्लेक्समा पाएको यो उच्च शो हो । व्यापारका हिसाबले मुटु मानिएको क्युएफएक्सले फिल्मको हाईप, स्टार कास्ट र प्रचार प्रसारलाई ध्यानमा राखेर शो संख्या उपलब्ध गराउने गर्दछ । मल्टीस्टारर फिल्म ‘शत्रुगते’ ले रिलिजको पहिलो शुक्रबार ३२ शो पाएको थियो । प्रदीप र जसितासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

स्टार कास्ट र प्रचारका हिसाबले ‘लिलिलिबी’ अब्बल मानिएको छ । ‘प्रेम गीत’ र यसको सिक्वेल हिट भएपछि नायक प्रदीप खड्काको युवा पुस्तामा उच्च क्रेज छ । ‘लिलिबिली’ प्रचारमा प्रदीप खटिरहेका छन् । यसकारणले युवा पुस्तामा फिल्मको प्रतिक्षा उच्च छ । प्रदीपसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

मिलन चाम्सको निर्देशन रहेको फिल्ममा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ लगायतको अभिनय छ । फिल्मलाई निर्देशक चाम्स, गोविन्द शाही र सुदीप खड्काले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha