जोशिली ‘जाइरा’ (फोटो फिचर)

फिल्म ‘जाइरा’ मा रहेको नायिका नम्रता श्रेष्ठको लुक्स रिलिज गरिएको छ । मंगलबार प्रेसमिट गर्दै नम्रताको ‘जाइरा’ लुक्स सार्वजनिक गरिएको हो । भिडियो हेर्नुस् :

महिला केन्द्रित फिल्ममा नम्रता मार्सल आर्टस् लेडीको भूमिकामा प्रस्तुत भएकी छन् । उनले आफ्नो लामो कपाललाई  ब्वाइज कट बनाएकी छन् । ‘कपाल काट्दा चित्त दुखेको थियो’, प्रेसमिटमा नम्रताले भनिन्, ‘तर जाइराको लागि काट्नै पर्यो ।’ फिल्म बारे भने आफुले केही नबोल्ने बताइन् । ‘फिल्म बारे निर्माता र निर्देशकले बोलिसक्नु भयो । म केही बोल्दिन्’, नम्रताले भनिन् ।

नयाँ निर्देशक आशुतोष राज श्रेष्ठले जाइरा स्टाइल एक्सन फिल्म रहेको बताए । जाइरा एउटा काल्पनिक पात्र हो, निर्देशक श्रेष्ठले भने । ट्रेन्डसेटर्सस हाइली हाइ प्रोडक्सनको संयुक्त प्रस्तुतीमा निर्माण भएको जाइरा को प्रदर्शन मिति मंसिर १४ गतेलाई तोकिएको छ ।

‘जाइरा’ मा नम्रतासँगै अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, सृजना रेग्मी, प्रमोद अग्रहरी, सम्राट मगर र सुजता श्रेष्ठको पनि अभिनय छ । निर्देशक श्रेष्ठकै कथा रहेको फिल्मको स्क्रिप्टमा श्रेष्ठलाई निरोज महर्जनले सघाएका छन् । जाइरा का कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् ।

‘जाइरा’ को छायाँकन सकेर यतिबेला पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ । फिल्म पर्व पछि नम्रता जाइरा मार्फत दर्शकमाझ आउने भएकी हुन् । लत्तगै उनी प्रसादमा खेल्दैछिन् । ‘प्रसादमा म विक लगाउँछु’, छोटो कपाल भएकी नम्रताले भनिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha