अनुप, बर्षा र प्रशान्तको ‘जय शम्भु’ अवतार आयो

फिल्म ‘जय शम्भु’को फष्टलुक सार्वजनिक गरिएको छ । फिल्मको पहिलो प्रचार साम्रागी स्वरुप दुई पोष्टर सार्वजनिक गरिएको हो । सार्वजनिक दुई पोस्टरमध्ये एउटामा अनुप विक्रम शाही र बर्षा शिवाकोटी र अर्कोमा अनुप, बर्षा र प्रशान्त प्रस्तुत छन् ।


आगामी भाद्र १ गते देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको फिल्म जय शम्भुलाई राजधानीमा बिके फिल्मस्का गोपाल काजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् । यस्तै राजधानीको लागि बिके फिल्मस्सँग पहिलो पटक जयन ईन्टरटेन्मेन्टका जयन श्रेष्ठले पनि सहकार्य गरेका छन् । फिल्म जय शम्भुबाट जयन श्रेष्ठले वितरणमा हात हाल्न लागेका हुन् । दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यस्तै सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । यस्तै फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । पछिल्लो समय फिल्म क्षेत्रमा एक्शनको रुपमा आस देखाईएका दुई कलाकार प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीका कारण पनि जय शम्भुको प्रचार फिल्म क्षेत्रमा तिव्र भएको छ । फिल्मका निर्माण टिमले नेपालसँगै अष्ट्रेलिया, दुबई, थाईल्याण्ड, हङकङ लगायतका देशहरुमा फिल्मको विशेष शो गरिने जानकारी गराईएको छ ।

फिल्ममा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना अािदको मूख्य भुमिका रहेको छ ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha