find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुनिल रावल भन्छन्, ‘सायद २ चल्नुपर्छ’

नयाँ कलाकारहरुलाई लिएर निर्माता सुनिल रावलले निर्माण गरेको फिल्म ‘सायद २’ आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यसअघि ‘सायद’, ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ जस्ता सफल फिल्म बनाएको दुर्गिश ब्यानरको चौथो फिल्म ‘सायद २’ चाहिं कस्तो होला त, निर्माता रावललाई ६ प्रश्न गरेका छौं :

१.तपाईंलाई सायद २ व्यापारिक रुपमा कस्तो होला जस्तो लाग्छ ?
मलाई त फिल्मले राम्रो व्यापार गर्ला जस्तो लाग्छ । हामीले दर्शकको रोजाइ अनुसार मनोरञ्जनात्मक फिल्म बनाएका छौं । अहिलेसम्म प्रोमो र गीत संगीतको प्रतिक्रिया पनि राम्रो आइरहेको छ । फेरी दुर्गिश ब्यानरका यस अघिका तीन फिल्महरु सफल भैसकेकाले चौथो फिल्म ‘सायद २’ पनि सफल हुन्छ भन्ने विश्वास छ ।

२.दुर्गिश ब्यानरको अघिल्ला फिल्महरु भन्दा ‘सायद २’ को हाइप कम भैरहेको जस्तो लाग्दैन ?
मलाई त त्यस्तो लाग्दैन । डायलगहरु पनि हिट भैरहेका छन् । हाम्रै ब्यानरको अर्को फिल्म ‘लाउरे’ का कारण रिलिजमा अलि ढिलाइ चाहिं भएको हो । तर विगत दुई सातादेखि हामीले फिल्मको प्रचार तिव्र गरिरहेका छौं ।

३.’सादय २’ को सबैभन्दा बलियो पक्ष के हो ?
फिल्मको सबैभन्दा बलियो पक्ष भनेकै यसको कथा हो । हामीले लभ स्टोरी फिल्म बनाएका छौं । माया, प्रेम र यसको परिणामको विषयमा फिल्म राम्रो बनेको छ ।

४.तपाई किन नयाँ कलाकारहरुसँग काम गर्न रुचाउनु हुन्छ ?
नयाँलाई लिएर काम गर्दा सजिलो हुन्छ । उनीहरुलाई समयको महत्व थाहा हुन्छ । अनुशासनमा बस्छन् । पुराना कलाकारसँग काम गर्दा दुःख पाइन्छ । उनीहरुको समय अनुसार चल्नुपर्ने हुन्छ ।

५.तपाईं नयाँ कलाकारलाई राम्रो व्यावहार गर्नुहुन्न भन्ने आरोप छ नि ?
त्यस्तो होइन । हामी काम गर्दा एकदमै व्यावसायिक हुन आवश्यक छ । म काममा गाली गर्छु । उनीहरुको व्यक्तिगत कुरालाई लिएर अहिलेसम्म गरेका छैन । गाली गरेपनि म राम्रो कामको लागि मात्रै गाली गर्छु ।

६.’सायद २’ मा विल्सन विक्रम राई र संयम पुरीलाई अफर नै नगर्नु भएको कि उनीहरुले समय दिन नसकेको ?
विल्सन र संयमलाई अफर गरेको पनि होइन, उनीहरुले समय दिन नसकेको पनि होइन । हामीलाई नयाँ कथामा नयाँ कलाकार चाहिने थियो । त्यसैले हामीले नयाँ कलाकारलाई लिएका हौं । फेरी ‘सायद २’ सिक्वेल पनि त होइन । यो ताजा कथामा बनेको फिल्म हो । ‘सायद २’ का तीन कलाकारहरु सुशिल, अमृत र कुशलसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् : 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha