find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

६ प्रश्न : किन गएकी थिइन् प्रियंका कार्की मुम्बई ?

नायिका प्रियंका कार्की तीन दिनको लागि मुम्बई गएकी थिइन् । ‘फाटेको जुत्ता’ प्रदर्शन र फिल्म ‘सत्रु गते’को छायाँकनको मुखमा प्रियंका मुम्बई उड्दा फिल्मी बजारमा विभिन्न खाले चर्चा भए । यी चल्तीकी नायिका आखिर किन गएकी थिइन् त मुम्बई ?

प्रियंका  : मेरो सानो काम थियो । त्यही कामले छोटो समयको लागि मुम्बई गएकी थिएँ ।

प्रश्न : सानो काम भन्नाले कस्तो काम ?
उत्तर : यो अहिले नै भन्न मिल्दैन । केही समयपछि आफैं थाहा हुन्छ ।

प्रश्न : तर तपाईं प्रेमी आयुष्मानदेशराज जोशीलाई भेट्नकै लागि मुम्बई जानु भयो भन्ने चर्चा चल्यो नि ?
उत्तर : आयुष्मान त्यही भएकाले भेट भएको हो । म आयुष्मानलाई नै भेट्न चाहिं त्यहाँ गएको होइन् । फेरी म काम छोडेर हिंड्ने मान्छे पनि होइन् । म किन गएँ निर्देशक निकेश खड्कालाई सबै थाहा थियो । निर्माता अर्जुन कुमारलाई चाहिं भनेको थिइँन ।

प्रश्न : उसो भए किन जानु भयो त मुम्बई ?
खासमा भन्नुपर्दा म अडिसनको लागि मुम्बई गएको हो । एसराज स्टुडियो र अर्को एउटा ‘प्रोजेक्ट’को लागि ‘सर्ट लिस्ट’ गरेर मलाई त्यहाँ बोलाइएको थियो । त्यस्कै लागि म त्यहाँ गएकी हुँ । यहाँ चाहिं अर्कै चर्चा चलेछ । म फिल्मको प्रोमोशन छाडेर प्रेमी भेट्न जाँने मान्छे होइन् ।

प्रश्न : प्रोजेक्ट भन्नाले कस्तो खालको प्रोजेक्ट ।
उत्तर : मैंले दुई वटा फिल्मको लागि नेपालबाटै अडिसन दिइरहेको थिएँ । यसबाटै ‘सर्ट लिस्ट’ गरेर मलाई त्यहाँ बोलाइएको थियो । अडिसन दिएर सोमबार नै नेपाल फर्किइसकेको छु । ‘प्रोजेक्ट’को बारेमा मलाई अहिले नै केही भन्ने अधिकार छैन् । अडिसन राम्रो भएको छ ।

प्रश्न : अब ‘फाटेको जुत्ता’ र तपाईंको भूमिका बारे छोटकरीमा केही बताइदिनुस् न ।
उत्तर : यो कमेडी फिल्म हो । जसको गीत तथा प्रोमोलाई दर्शकले रुचाउनु भएको छ । मेरो चाहिं फिल्ममा ईन्दु नामको क्यारेक्टर छ । ईन्दुले आफुलाई शहरबाट पढेर गएकी विरगञ्जको ‘टप’ ठान्छे । सौगात र म पहिलो पटक जोडी भएको भएर पनि ‘फाटेको जुत्ता’ विशेष छ । फिल्मलाई दर्शकले रुचाउनु हुन्छ भन्ने विश्वास पनि छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha