‘घुम्दै फिर्दै’ सरोज र आश्मा (भिडियो)

एसडी योगीको संगीतमा नयाँ गीत ‘घुम्दै फिर्दै’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको आकर्षक नृत्य छ । भिडियो :

विवेक रसाईलीको कन्सेप्ट एवं निर्देशन रहेको भिडियोमा ट्राफिक र चालकबिचको प्रेम कथा प्रस्तुत गरिएको छ । कोरियोग्राफी दिपकराज सुनारको छ । गीतमा संगीतकार योगीलाई स्वरमा गायिका ऋतिका श्रेष्ठले साथ दिएकी छिन् । शब्द राम अविरल विष्टले लेखेका हुन् ।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । ‘घुम्दै फिर्दै’ भिडियोलाई भिजुल आर्टस्ले निर्माण गरेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha