बिक्रम र सुनिताको स्वरमा ’तिमी बिना’ (भिडियो)

बिक्रम परियार र सुनिता बुढा क्षेत्रीको स्वरमा लोक दोहोरी गीत ’तिमी बिना हाँसेर हिड्न’को भिडियो सार्वजनिक भएको छ । गीतमा डा. शिव सुबेदीको शब्द तथा संगीत रहेको छ । भिडियो :

’तिमी बिना हाँसेर हिड्न’का भिडियो निर्देशक बिनोद भण्डारी हुन् । भिडियोमा अनिल पौडेल र जुना गुरुङको अभिनय छ । गीतमा दुई वर्गका युवा-युवतीबीचको प्रेम, समाज र परिवारले गर्ने व्यवहार इत्यादिलाई समेटिएको छ । बाग्लुङ्ग जिल्लाको सुन्दर गाउँ निसिखोला गाउँपालिकामा छायांकन गरिएको भिडियोले गाउँघरको कथा देखाउँछ ।

 

नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । बिनोद बाजुरालीले गीतको एरेन्ज गरेका छन् । २०६५ सालमा आएको ‘घामजस्तो चम्किलो जुन हुदैन’ गीत पछि शिवका गीत प्रायः लोकप्रिय बनेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha