आमा छोरीको भूमिकामा गौरी र गीता (भिडियो)

गायिका रानी शाक्यले ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतमा सन्तोष आलेको शब्द तथा संगीत छ । गीतमा छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको छ । भिडियो :

यो गीतको भिडियोमा अभिनेत्री गौरी मल्ल, मोडल गीता ढुंगानालाई आमा-छोरीको भूमिकामा देख्न सकिन्छ । साथमा, भिडियोमा विजय राज भुर्तेल, निरिस्का स्थापितको पनि अभिनय छ । नमराज घिमिरेको छायांकन रहेको भिडियोमा विजयराजको सम्पादन छ । देव धिमालले यो गीतको भिडियोलाई निर्देशन गरेका हुन् ।

भिडियोलाई निर्देशक देवले मार्मिक बनाएका छन् । एक बिरामी आमालाई छोरीले गरेको मायालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha