यस्तो छ ‘कबड्डी’को फाइनल म्याच (प्रोमो)

प्रतिक्षित फिल्म ‘कबड्डी ४’ को अफिसियल प्रोमो सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित फिल्मको प्रोमो रमाइलो छ । प्रोमो हेर्नुस् :

 

सार्वजनिक ‘कबड्डी ४’ को प्रोमोमा काजीको बिहेको कबड्डी लाई नै प्राथमिकता दिइएको छ । यो श्रृंखलामा नायिका मिरुना मगर शान्ती मिसको भूमिकामा प्रवेश गरेकी छिन् । यस्तै अभिनेता सौगात मल्ल बमकाजीको भूमिकामा यथावत् छन् । बुद्धि तामाङ र बिजय बरालको भूमिका पनि फिल्ममा महत्वपूणर् छ ।

फिल्म ‘कबड्डी’ को फाइनल म्याच बासुरी फिल्मस्को प्रस्तुतीमा सुष्मा प्रोडक्सन ग्लोबलसँगको सहकार्यमा निर्माण भएको हो । फिल्म आउँदो जेठ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha