find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रिमियरमा सबैलाई मन पर्यो ‘मन्त्र’ (फोटो फिचर)

यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म मन्त्र को बुधबार भव्य प्रिमियर शोको आयोजना गरिएको छ । प्रिमियर शोमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईदेखि निर्देशक निश्चल बस्नेत, लेखक, निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला लगायत उपस्थित थिए । प्रिमियर शोमा सहभागी अधिकांश जसो पाहुनाले ‘मन्त्र’ फिल्म राम्रो बनेको प्रतिक्रिया दिए ।

फिल्म ‘मन्त्र’ हेरिसकेपछि अभिनेता दीपकाराजले फिल्मको छायाँकन स्थलले सबैभन्दा बढी लोभ्याउने बताए । ‘फिल्म जुन ठाउँमा छायाँकन गरिएको छ, त्यो छायाँकनस्थलले सबैभन्दा बढी लोभ्याउँछ । फिल्ममा हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौं’ दीपकराजले भने, ‘अर्को ब्याकग्राउण्डस्कोर सबैभन्दा बढी बुलन्द छ फिल्म ।’ उनले ‘मन्त्र’फरक खालको लभस्टोरी सिनेमा लागेको बताउँदै फिल्ममा बोनसका रुपमा कमेडीसँगै हिमालका दृश्यहरु, ब्याकग्राउण्डस्टोर रहेको प्रतिक्रिया दिए ।

यता निर्देशक दीपाश्री निरौलाले ‘मन्त्र’ फिल्म हेरुन्जेल फिल्मको कथावस्तु, लोकेशनले आफूलाई बाँधेर राखेको प्रतिक्रिया दिइन् । फिल्मको कथावाचन, लोकेशन, डिओपी, कलाकारहरुको काम सबै पक्ष राम्रो रहेको बताईन् । उनले सिनेमाको क्लाइमेक्स सिन नछुटाउन समेत दर्शकलाई आग्रह गरिन् ।

‘हेरौं कतिबेरसम्म बस्न सकिन्छ भनेर हेरिरहेको थिएँ । तर, पुरै सिनेमा आरामसँग हेर्न सकियो’ निर्देशक निश्चल बस्नेतले भने, ‘पछिल्लो समय नेपाल भित्रको विभिन्न भेगको विभिन्न कथाहरु फिल्ममा आईरहेको छ । यसरी नै फिल्महरु बन्दै जानुपर्छ जस्तो लाग्छ ।’ निश्चलले पनि ब्याकग्राउण्ड स्टोर फिल्मको सशक्त पक्ष रहेको प्रतिक्रिया दिए ।

निर्देशक तथा कलाकार नरेश पौड्याल, गायक युवराज चौलागाईँ लगायतले फिल्म मन परेको प्रतिक्रिया दिए । प्रिमियरमा अभिनेता बुद्धि तामाङ छायाँकनमा भएका कारण उपस्थित हुन् सकेनन् भने अभिनेत्री दीया पुन सगरमाथा आरोहणका क्रममा रहेकाले उपस्थित भईनन् । अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित थिए ।

खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘मन्त्र’मा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ ।

तस्बिर : उद्धब रसाईली (रमाईलो छ)

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha