सलमान खान नेपाल नआउने
अन्ततः बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । शनिबार दशरथ रंगशालामा हुने भनिएकोसलमान खानको कन्सर्ट अन्तिम समयमा स्थगित भएको छ । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले सलमान खानको ‘द ब्याङ रिलोडेड टुर’ रोकिएको पुष्टि गरेको छ ।
टिकट बिक्री उच्च नभएपछि सलमानको कार्यक्रम अन्तिम समयमा आएर स्थगन गर्नु परेको आयोजक संस्थाले जनाएको छ । स्थानीय चुनावले टिकट बिक्री नभएको र वर्षातको समय कार्यक्रम गर्न कठिन हुने भएपछि कन्सर्ट स्थगन गरिएको हो । कार्यक्रमको अर्को मिति चाँडै घोषणा गरिने बताइन्छ । सलमान खानको नेपाल टुर रोकिएको यो दोस्रो पटक हो ।