रामबाबु गुरुङको नयाँ फिल्ममा बिपिन कार्की अनुबन्धित
निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्ममा अभिनेता बिपिन कार्की अनुबन्धित भएका छन् । यशोदा फिल्मस्ले निर्माण गर्ने नयाँ फिल्ममा बिपिन अनुबन्धित भएका हुन् ।
अनटाइटल प्रोजेक्टमा बिपिनसँगै अभिनेता दयाहाङ राई पनि रहने निर्देशक गुरुङको भनाई छ । बिपिन र रामबाबुले पहिलो पटक सहकार्य गर्न लागेका हुन् । यो सँगै रामबाबुसँग अन्य फिल्महरु पनि पाइप लाइनमा छन् । बिपिन र दयावाला फिल्मको छायाँकन इलामबाट हुनेछ । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ सफलताका साथ प्रदर्शन भैरहेको छ ।
अभिनेता बिपिन कार्की चाहिं ‘प्रसाद २’ र बलिउड फिल्म ‘एनिमल’को सुटिङमा व्यस्त हुँदैछन् ।