find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भोजपुरी फिल्म ‘रण’ नेपाली हलमा लाग्ने

भोजपुरी फिल्म ’रण’ तीन दर्जन बढि नेपाली हलहरुमा प्रदर्शन हुने भएको छ । नेपाली फिल्म हलमा पहिलो पटक कुनैपनि भोजपुरी फिल्म यति धेरै हलमा लाग्न लागेको हो । भोजपुरी फिल्म ’रण’ लाई नेपाली निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

राजधानीसँगै मोफसलका विभिन्न ४० बढी हलहरुमा (यहि साता) आउँदो शुक्रबारबाट ‘रण’ प्रदर्शनमा आउने पन्तले बताए । ‘राजधानीका केहि मल्टिप्लेक्ससँग समेत कुरा भइरहेको छ, यद्धपि विश्वज्योति लगायतका केहि मल्टिप्लेक्स हलहरुमा लाग्ने कन्फर्म भइसकेको छ’, पन्तले भने । फिल्मले मुख्यतः तराई मधेश केन्द्रीत हलहरुमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ ।

यो फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । नेपालसँगै शुक्रबारबाट फिल्मले भारतको मुम्बई र गुजरातमा प्रदर्शन थालनी गर्ने पन्तले बताए । जुलाई १० तारिखबाट दिल्लीमा फिल्म रिलिज हुनेछ । प्रान्तिय फिल्महरु पछिल्लो क्रममा भारतका ठुला राज्यमा समेत स्थान बनाउँदै अघि बढिरहेका छन् ।

भोजपुरी फिल्मको इतिहासमा ट्रेलर रिलिजको छोटो समयमा सर्वाधिक भ्यूज र लाइक’ पाउने फिल्मको सुचीमा ‘रण’ले पहिलो स्थान लिएको पन्तले दाबी गरेका छन् । एक्सन प्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिक समेत आवद्ध छन् ।

‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा डेब्यू गरेका छन् । उनको भोजपुरी अबतार ट्रेलरबाट नै प्रष्ट देखिइसकेको छ । यो फिल्ममा नरेनसँगै आन्नद ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र मुख्य अभिनयमा छन् । निर्देशक पन्तको कथा लेखनमा अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् ।

यो फिल्ममा नेपालबाट अर्जुन जिसी सम्पादनमा जोडिएका छन् । टिजर र ट्रेलर सम्पादन भने क्रमशः मित्र डि गुरुङ र शाहिल खानले गरेका छन् । महेश पौडेलको छायांकन रहँदा नेपाली कोरियोग्राफर रामजी लामिछाने र गम्भिर विष्टले पनि फिल्ममा स्थान लिएका थिए ।

‘रण’ निर्देशक पन्त पछिल्लो क्रममा भोजपुरी फिल्ममा त्यो पनि एक्सन प्रधान फिल्ममा आफुलाई जबरजस्त प्रमाणित गरेका निर्देशक हुन् । पन्तले ‘ह्रस्व दीर्घ’बाट ठुलोपर्दाको नेपाली फिल्मको बागडोर सम्हाल्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha