द्धन्द्ध कालको परिवेशमा ‘दोख’को ट्रेलर रिलिज
अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा नेपालको दश वर्षे द्धन्द्धकालको परिवेशलाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्नुस् :
फिल्म ‘दोख’मा दिया मास्के, मनिष निरौला, लोकमणी सापकोटा र माओत्से गुरुङको मुख्य भूमिका छ । राजन कठेतले लेखेको फिल्मलाई सविन ज्ञावली र मनोज अधिकारीले निर्माण गरेका हुन् । फिल्म ‘दोख’यही असार २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । निर्माण भएको लामो समयपछि ‘दोख’ प्रदर्शनमा आउन लागेको हो । कोरोनाका कारण यस्को प्रदर्शन रोकिएको थियो ।