अनुपविक्रम शाही नेपाली काँग्रेसमा प्रवेश
अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । अभिनेता शाहीलाई शुक्रबार बिहान एक कार्यक्रमकाबीच गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी प्रवेश गराएका हुन् ।
अनुप विक्रम शाहीलाई खाँडले तरूण दलको सदस्यता समेत दिएका छन् । मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेत, अध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति थियो । संसदिय चुनाव नजिकिए सँगै पछिल्लो समय कलाकाररु विभिन्न पार्टी प्रवेश गर्ने लहर चलिरहेको छ ।