जातिय विभेदको विरुद्धमा मेलिना राईको पहिलो निणर्य
गायिका मेलिना राईले एरेञ्जर संजिव बराईलीसँग इन्गेजमेन्ट तोडिन् । संजिव दलित समुदायका भएकै कारण मेलिनाले इन्गेजमेन्ट तोडेको भन्दै उनले आलोचना आयो । यस प्रकारले टिप्पणी गर्नेहरुलाई मेलिनाले जवाफ फर्काएकी छिन् ।
संजिवसँग इन्गेजमेन्ट तोडेपछि मेलिनाले सोमबार साँझतिर आफ्नो अफिसियल फेसबुक पेजमा आलोचकलाई जवाफ फर्काएकी हुन् । ‘मेरो पहिलो निणर्य समाजमा विधमान जातीय विभेदको विरुद्धमा थियो’, मेलिनाले लेखेकी छिन्, ‘मेरो दोश्रो निणर्य पितृसत्तात्मक सोचको विरुद्धमा हो ।’
उनी थप्छिन्, ‘मेरो विचारमा मान्छे मान्छे विचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूणर् समाजको स्थापना हुनु एकदम जरुरी छ ।’
यता इन्गेजमेन्ट तोडिएको बारे एरेञ्जर बराइलीले भने मौन छन् । मेलिनाले दुई पटक बोल्दा उनी यस बारे मिडियासँग खुल्न चाहि रहेका छैनन् ।