हजुरबा बने हरिवंश
बरिष्ठ कलाकार हरिवंश आचार्य हजुरबा बनेका छन् । कान्छा छोरा मोहित र बुहारी बिन्दुले सोमबार छोरीलाई जन्म दिएपछि हरिवंश फेरी हजुरबा बनेका हुन् ।
अस्पतालको शैयाबाट श्रीमती, छोरा र नवजात शिशुसँगको फोटो फेसबुकमा सेयर गर्दै हरिवंशले हजुरबा बनेकोमा खुसी व्यक्त गरेका छन् । ‘घरमा लक्ष्मीको आगमन भएको छ । हामी फेरी हजुर बुवा, हजुर आमा भएका छौं । छोरा मोहित र बुहारी बिन्दुलाई पुत्रीलाभ भएको छ । बच्चा आमा दुब्बैको स्वास्थ्य राम्रो छ’, हरिवंशले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
उसो त हरिवंश ठुलो छोरा बुहारीका तर्फबाट पहिला नै हजुरबा बनिसकेका छन् । हरिवंशको शिर्ष भूमिका रहेको फिल्म ‘महापुरुष’को हालसालै पोस्टर सार्वजनिक भएको छ । प्रदीप भट्टराई निर्देशित फिल्म कात्तिक ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।