नेपाल फर्किइन ‘२ नम्बरी’ भुटानी नायिका उगेन
फिल्म ‘२ नम्बरी’ असोजको २१ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचार प्रसारका लागि भुटानी नायिका उगेन छोदेन नेपाल आएकी छिन् ।
फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन बिहिबार बिहान नेपाल आइपुगेकी हुन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा उगेनसँगै सौगात मल्ल, दयाहाङ राई र उपासनासिंह ठकुरीको मुख्य भूमिका छ । सबै कलाकारको उपस्थितिमा आउँदो साता फिल्मको ट्रेलर सार्वजनिक गरिने प्रस्तुतकर्ता किरण नेपाली बताउँछन् ।
‘२ नम्बरी’ दुई साथीको मित्रताको कथामा बनेको फिल्म हो । फिल्मका टिजर र एउटा गीत रिलिज भैसकेको छ ।