‘डिसेम्बर फल्स’को गीतलाई दश लाख भ्युज
फिल्म ‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानीन’ गीतको भिडियोलाई युटुवमा १० लाख बढी भ्युज मिलेको छ । फिल्मको पहिलो गीतलाई नै दश लाख बढी दर्शकले हेरेपछि फिल्म युनिट दंग छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोलाई दर्शकले रुचाएका छन् । गीतमा नायक आर्यन सिग्देल र नायिका उपासनासिंह ठकुरीको जोडी मिलेको देखिन्छ । दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा निशान भट्टराई र मेलिना राईले स्वर दिएका छन् । गीतको एरेञ्ज नरेन्द्र वियोगीले गरेका हुन् ।
प्रविण झा निर्देशित फिल्म ‘डिसेम्वर फल्स’ लाई लक्ष्मण रिजाल र अशिम काफ्लेले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म पुष १५ गतेबाट प्रदर्शनमा आउँदैछ । महापुरुषपछि ‘डिसेम्वर फल्स’मा दर्शक आउने अपेक्षा छ ।