find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन मुम्बईमा हुँदै

फिल्म ह्यारी कि प्यारी महिना पछि प्रदर्शनमा आउँदैछ । माघ २० गतेबाट दर्शकमाझ आउने फिल्मको यतिबेला बलिउड नगरी मुम्बईमा पोष्ट प्रोडक्सनको कार्य हुँदैछ ।

‘ह्यारी कि प्यारी’को मुम्बईको चर्चित प्राइम फोकस स्टुडियोमा पोस्ट प्रोडक्सनको कार्य भैरहेको तस्बिर निर्माण पक्षले मिडियालाई उपलब्ध गराएको छ । प्राइम फोकसले यसअघि ‘ओम शान्ति ओम’, ‘मेरी कोम’, ‘पा’, ‘गुरु’, ‘गजनी’, ‘एक भिलेन’, ‘कयामत’, ‘धडक’, ‘गुड न्युज’ जस्ता थुप्रै बलिउड सिनेमाको सम्पादन गरिसकेको छ ।

नेपालमा प्रयाप्त प्रोडक्सन स्टुडियो भएपनि राम्रो नतिजा दिन मुम्बईको अत्याधुनिक स्टुडियोमा प्रोडक्सन कार्य थालनी गरिएको डा.कपिल रिजालले बताए ।

‘मेरो हजुरआमाले भन्नु हुन्थ्यो, ‘गरेपछि राम्रैसंग गर्नु पर्छ ।’ बिस्तारै भनेर हुँदैन । त्यसपछि सबभन्दा राम्रो स्टुडियो कुन ? भन्दा प्राइम फोकसको नाम अगाडी आयो । ब्रमास्त्र जस्तो ६ सय करोडको सिनेमा बनाएको स्टुडियो भनेपछि प्राइम फोकस मै आउने निधो गरियो ।’

‘ह्यारी कि प्यारी’का मुख्य सहायक निर्देशक गिरिराज घिमिरे मुम्बईमा काम गर्दा टेक्निकल रुपमा सजिलो हुने बताउँछन । साथै प्राइम स्टुडियोका कर्मचारीहरुले दिएको सम्मान र कामप्रतिको लगावले घिमिरेलाई प्रभावित बनाएको छ ।

सिनेमाका छायांकार सुदिप बराल मुम्बईमा पोस्ट प्रोडक्सनको काम गर्दा प्राविधिक रुपमा सिनेमा अब्बल हुने धारणा राख्छन ।

‘नेपालमा हामीले सिमित स्क्रिनमा हेरेर डीआइको काम गर्नु पर्छ । त्यहाँ सम्पादन गर्दा हलको रेजुलेशनमा कस्तो दृश्य देखिन्छ भन्ने कुरा देख्न पाइन्थेन । यहाँ भने हलको प्रोजेक्सनकै लेभलको स्क्रिनमा सम्पादन गर्न पाउदा डिटेलिङमा देखिन्छ । नेपालमा प्रायः हलहरुमा टुके प्रोजेक्सन हुन्छ भने यहाँ हामीले फोरकेमा सम्पादन गरिरहेका छौं ।’ छायांकार सुदिप बरालले मुम्बईको कामले नेपालमा पनि प्राविधिक शिक्षा अझ बिस्तार हुने आशा बोकेका छन् ।

सिनेमा सम्पादनको लागि मुम्बई पुगेका अभिनेता जितु नेपाल त्यहाँको स्टुडियोले नेपाली सिनेमालाई दिएको माया र सम्मानको कदर गर्छन ।

‘हामि उहाँहरुको क्लाइन्ट भएका कारण राम्रो काम दिनु भएको छ । अझ त्यो भन्दा नि राम्रो कुरा उहाँहरुले नेपालीलाई दिएको सम्मान । उहाँहरुले बलिउड सिनेकर्मीलाई जस्तै हामीलाई पनि सम्मान दिनु भएको छ । उहाँहरु नयाँ काम गर्न पाएकोमा उत्साहितपनि देखिनु भएको छ ।’ जितुले प्राइम स्टुडियोको प्रशंसामा शब्द खर्चिए ।

फिल्म ‘ह्यारी कि प्यारी’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha