find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नेफ्टा अवार्डको औपचारिक घोषणा

नेफ्टा फिल्म अवार्डको ११ औं संस्करणमा राजनीतिज्ञदेखि कलाकारसम्मको सहभागिता हुने भएको छ । बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अवार्डको पोस्टर र पोर्टल सार्वजनिक गरियो ।

कार्यक्रममा पाका निर्देशक तथा निर्माता नीर शाहले अवार्ड सफलताको कामना व्यक्त गरे । अभिनेता राजेश हमालले विदेशमा अवार्ड गर्नु चुनौतिपूणर् हुने भएपनि सफल हुने विश्वास व्यक्त गरे ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोना महामारीपछि नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार भएको र दर्शकको संख्या बढ्नु उत्साहजनक भएको बताए ।

‘नेपाली फिल्मलाई सफ्टपावरको रुपमा विकास गरेर विदेशी बजारमा लैजान हाम्रो उद्देश्य छ । यो सपना हामीले नेफ्टा अवार्डमार्फत पुरा गर्न चाहन्छौं’ अध्यक्ष लामाले भने, ‘नेपाली र विदेशी फिल्ममेकरबीच बजार, संस्कृति र सम्भावना आदानप्रदान गर्ने हाम्रो उद्देश्य हो ।’

आयोजक युएस खबरका संचालक किसन रेग्मीले नेपाल र अमेरिकाबीचको ७५ औं कूटनीतिक सम्बन्ध स्थापनाको छेकोमा आयोजना हुन लागेको अवार्डलाई लिएर आफू उत्साहित रहेको सुनाए ।

फेम नेपालका संचालक बिमलकुमार पछाईले आफ्नो इभेन्ट म्यानेजमेन्टको अनुभवलाई अमेरिकामा प्रस्तुत गर्न लागेको बताए । हलिउड र बलिउडकर्मीलाई सहभागि गराएर पनि कार्यक्रम गर्ने आफूहरुको योजना रहेको उनले सुनाए ।
अमेरिकाको टेक्ससस्थित ६३ सय दर्शक अट्ने क्षमताको ट्रस्ट सीयू थिएटरमा कार्यक्रम गर्न लागिएको हो । भर्चुअल प्रेसमिटमा अवार्ड स्थलको भिडियो प्रस्तुति पनि प्रस्तुत गरियो ।

अध्यक्ष लामाका अनुसार नेपालका चर्चित कलाकारसहित राजनीतिज्ञहरु पनि उक्त कार्यक्रममा सहभागि हुनेछन् । युएस खबर, फेम नेपाल, ८८४८ मिडिया र आर्यन फिल्म्सले संयुक्तरुपमा अवार्ड गर्न लागेका हुन् ।

२०६३ सालमा काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट नेफ्टाले अवार्डको सुरुवात गरेको थियो । गत वर्ष कोरोना महामारीले हुन नसकेको अवार्ड यसपटक भौतिकरुपमा गर्ने तयारी भएको हो । यसअघि मलेसिया, हङकङ, कतार र दुबईजस्ता विदेशी थलोमा कार्यक्रम भैसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha