’सोल अफ द कमान्डो’ को लिरिकल गीत रिलिज
फिल्म ’सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक गरिएको छ । फिल्म रिलिज अगाडी केही दिन अगाडी ’जिन्दगी को’ बोलको लिरिकल गीत रिलिज गरिएको हो । लिरिकल भिडियो :
आगामी शुक्रवार अर्थात् मङ्सिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको कथा खुल्ने भएकोले अडियो गीत मात्र सार्वजनिक गरिएको निर्माण टिमको भनाइ रहेको छ । गीतमा राजेश पायल राईको स्वर र सन्तोष दुमी राईको संगीत रहेको छ । गीतको शब्द रचना भने फिल्मका मुख्य अभिनेता राजकुमार राइको रहेको छ । राजकुमार राईको २४ वर्ष पछि फिल्म ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ ।
मिलन राइको कथा र सनम जेबीआर रानाको स्क्रिप्ट रहेको फिल्म ’सोल अफ द कमान्डो’मा शिशिर वाङ्ग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूणर् लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिका राम ठकुरी, सोनीका राईको पनि मुख्य भूमिका रहेको छ ।
युवराज (वीरबहादुर) राई निर्देशित फिल्मका कार्यकारी निर्माता विजय एल राई हुन् ।