शिशिरको निर्देशनमा सुन्दर बन्यो सुनिलको ‘जुम्ला’
गायक सुनिल गिरीले ‘जुम्ला’ बोलको गीत सार्वजनिक भएको छ । शिशिर खाती निर्देशित गीतको भिडियो जुम्लामै छायाँकन गरिएको छ । भिडियो :
जुम्लाका मनोमोहक दृश्यमा खिचिएको भिडियोमा मिस पवी र रोशन केसी फिचर्ड छन् । मिस पवी पछिल्लो पटक टिकटकमा भाइरल छिन् । भिडियोको कथा र सन्सेप्ट गायक गिरी आफ्नै हो ।
गीतमा कोरियोग्राफी दावा तामाङको छ । छायाँकन विवेक विक र सम्पादन तथा रंग संयोजन मनोज कार्कीले गरेका छन् ।