‘यो मुलाई मस्किन्छे’गीत : निश्चल स्वस्तिमाको एक्सन अवतार
निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको ‘यो मुलाई मस्किन्छे’ बोलको गीत रिलिज भएको छ । गीतमा राजु भट्टको स्वर, शब्द र संगीत छ । भिडियो :
मानव सुवेदी निर्देशित भिडियोमा निश्चल र स्वस्तिमा एक्सन अवतारमा प्रस्तुत भएका छन् । भिडियोमा स्वस्तिमा र निश्चलसँगै नविन लम्साल, शिव थापा, शान अधिकारी, राजन अधिकारी, राम न्यौपाने, प्रशान्त केसी र गंगा मगरको अभिनय छ ।
सुरक्षा पन्तको लेखन रहेको भिडियोमा प्रदीप लामाको कोरियोग्राफी छ । छायाँकन चिन्तन राजभण्डारीले गरेका हुन् भने सम्पादन दिर्घ खड्काले गरेका हुन् ।