धिरज मगरको ‘आइएम ट्वान्टी वान’ मा ‘ज्याकी’ थपियो
रेनशा राई राणा निर्देशित फिल्म ‘आइएम ट्वान्टी वान’ को टाइटल बदलिएको छ । ‘आइएम ट्वान्टी वान’ को अगाडी ज्याकी थपेर ‘ज्याकी आइएम ट्वान्टी वान’ नयाँ नामाकरण गरिएको छ ।
सिमित उमेर समुहको मात्रलाई मात्र प्रतिनिधित्व गर्ने र प्रमुख चरित्र केन्द्रित नहुने भएकाले फिल्मको शिर्षकमा ‘ज्याकी’ थपिएको निर्देशक राणाको भनाई छ । फिल्म नायक धिरज मगर ज्याकीको भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा धिरजसंगै नायिका जसिता गुरुङ र महापुरुष नायक अरुण क्षेत्रीको मुख्य भूमिका छ । फिल्मको फस्टलुक चाँडै नै रिलिज गर्ने सार्वजनिक भिडियोमा उल्लेख छ ।
प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको फिल्मको प्रदर्शन मिती पक्का गरिएको छैन् । यद्पी बैशाख २१ मा रिलिज हुने सम्भावना छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।