नरमाइलो खबरः निर्देशक प्रताप सुब्बाको निधन
नरमाइलो खबर : निर्देशक प्रताप सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ । भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो ।
स्व.सुब्बा निर्देशित २०३५ सालमा ‘परालको आगो’ फिलम प्रदर्शनमा आएको थियो । परालको आगो निर्देशन गर्दै करिअर थालेका सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गरेका छन् ।
चालिसको दशकमा नेपाल आएका प्रताप सुब्बाले चर्चित नेपाली फिल्म र टेलिफिल्म निर्देशन गरेका थिए । उनी ५० को दशकमा पुनः दार्जिलिङ फर्किएका थिए ।