दयाहाङ राईको नमस्कारबाट ‘नाङ्गो गाउँ’को सुट सकियो
फिल्म ‘नाङ्गो गाउँ’को छायांकन ३३ दिनमा सकिएको छ । यो फिल्मको छायांकन काभ्रेमको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको हो । फिल्मको सबै छायांकन सकिएको र अब पोष्ट प्रोडक्शनमा लाग्ने निर्देशक दिपेन्द्र लामाले बताए ।
छायांकन सकिएसँगै यसको निर्माण पक्षले नायक दयाहाङ राइको तस्वीर समेत सार्वजनिक गरेको छ । जहाँ, दयाहाङको नेता अवतार देख्न सकिन्छ । मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा दयाहाङसँगै मिरुना मगरर, कर्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।
हिमाल शर्माको प्रस्तुतीमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन छ । फिल्म भदौको २९ गतेबाट प्रदर्शनमा आउनेछ ।