find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

लण्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा ‘गोर्खा वारियर’को प्रिमियर

फिल्म ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लण्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । सम्भवतः नेपाली फिल्मको इतिहासमा पहिलो पटक त्यहाँ रेड कार्पेट प्रिमियर गर्न लागिएको हो ।


यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार गरिने निर्देशक मिलन चाम्सले छ । यो प्रिमियरमा दुई हजार दर्शकलाई फिल्म ‘गोर्खा वारियर’ देखाईने निर्माता तथा निर्देशक चाम्सको भनाई छ । ‘नेपाली चलचित्रलाई विश्वव्यापी बजारमा पुर्‍याउने नेपालीहरुले देखेको सपनालाई ‘गोर्खा वारियर’ मार्फत अब साकार पारिने भएको छ । नेपालीहरु शाहसीको रुपमा विश्वमा चिनाउन सफल नेपाली गोर्खा सैनिकको बीरगाथामा यो चलचित्र आधारित रहेको छ’, मंगलबार आयोजित प्रेसमिटमा चाम्सले भने ।

लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’ मा गरिने फिल्म ‘गोर्खा वारियर’को यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिने उनको भनाई छ । यस्तै नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिनेछ ।

लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’बाट सुरु भएको फिल्म ‘गोर्खा वारियर’को प्रिमियरलाई सेप्टेम्बर महिना भरी निरन्तरता दिईने भएको छ । सेप्टेम्बर २०२३ लाई ‘गोर्खा वारियर’को प्रिमियर महिनाको रुपमा मनाईने भएको छ । यो फिल्मलाई बेलायतपछि हङकङ, सिँगापुर लगायत विभिन्न देशमा पनि सेप्टेम्बर महिनाभरी प्रिमियर गर्ने तयारी भईरहेको पनि निर्देशक चाम्सले जानकारी गराए ।

सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्ध कथालाई यो फिल्ममा उतारिएको छ । फिल्म गोर्खा वारीयर नेपाली, अँग्रेजी र हिन्दी गरी तीन भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई हलिउडको बितरक कम्पनीले विश्वव्यापी वितरण गर्दै छ । यसको हिन्दी र अँग्रेजी सँस्करण पनि अन्तिम तयारी अवस्थामा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha