find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

र्याडिसन होटलमा ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’

भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा आयोजना हुने भएको छ । आज आयोजक संस्था फर्न इभेन्ट्सले होटल र्याडिसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराईएको हो ।

आयोजक संस्थाका सह-संस्थापक हरिश बब्बरले राजधानी लगायत भारतका विभिन्न मुख्य मुख्य शहरहरुमा विगत एक दशकदेखि आयोजना गरिँदै आएको यो अवार्ड्स पहिलो पटक भारत बाहिर आयोजना हुन लागेको जानकारी गराउँदै भविष्यमा अन्य अन्तर्राष्ट्रिय मुलुकमा समेत आयोजना गर्ने योजना रहेको कुरा स्पष्ट पारेका छन् । समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने कुरा थाहा भएको छ । आयोजक संस्थाका सह-संस्थापक हरिश बब्बरले अवार्ड समारोहले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

‘कोभिड १९ पछि थलिएको दुबै देशको पर्यटन व्यवसायलाई यो अवार्ड समारोहले उर्जा दिनेछ भन्ने हाम्रो विश्वास छ’ उनले भने । नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने सो समारोहमा नेपालका सेलिब्रेटीहरुसँगै अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंह सहित झण्डै एक दर्जन भारतीय सेलिब्रेटीहरुको समेत सहभागिता रहने कुरा जानकारी गराईएको छ ।

कार्यक्रममा नेपालको सांग्रिला भोयाजले ट्राभल पार्टनरको रुपमा सहभागिता जनाउने छ । पत्रकार सम्मेलनमा अत्यन्तै छोटो समयका बाबजुद पनि भारतबाट आउने सेलिब्रेटीहरुलाई नगरकोटको साइट सिन गराउने योजना रहेको जानकारी गराउँदै सांग्रिला भोयाजका प्रवन्ध निर्देशक दीपक खनालले यो अवार्ड समारोहले नेपाल तथा भारतबीच पर्यटन प्रबर्धननमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

‘पोखरा र सौराहा पनि लाने ईच्छा थियो । उहाँहरुको समय अभावका कारण नगरकोटको भ्रमण पछि पशुपतिनाथ दर्शन गराउने योजना बनाएका छौं’ प्रवन्ध निर्देशक खनालले भने । अवार्ड समारोहमा नेपालको तर्फबाट सृजना शुत्रले सहभागिता जनाएको छ भने सजल जंग के.सी.ले इभेन्ट म्यानेज्मेन्टको जिम्मा लिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha