बुद्धि तामाङ अभिनित ’लुङा’ को पहिलो झलक
फिल्म ’लुङा’ को पहिलो झलक सार्वजनिक गरिएको छ । लिम्बु कल्चरमा बनेको फिल्म श्रावण ५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा राई लिम्बु संस्कृतिलाई बिशेष महत्वका साथ उठाइएको निर्देशक किरण राईको भनाई छ ।
फिल्म ’लुङा’ को सार्वजनिक पहिलो झलकमा फिल्मका मुख्य पात्र बुद्धि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङ राई प्रस्तुत गरिएको छ । यसै साता सम्पन्न हुने दोश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) मा प्रिमियर गरिनेछ । फिल्म निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको हो ।
फिल्म ’लुङा’ मा निर्माता सन्जिब राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल लगायत छन् । बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम शर्मा लिम्बू, प्रकाश दाहाल लगायत अन्य कलाकारहरुको फिल्ममा अभिनय छ ।