find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पर्खि बसे तिमीलाई’का नव-नायक किरण को हुन् ? (६ तस्बिर)

फिल्म पर्खि बसे तिमीलाई बाट नायकको रुपमा डेव्यु गरेका किरण श्रेष्ठ नाटकबाट आएका हुन् । उनलते मण्डला थिएटरमा तेह्र वटा नाटकमा अभिनय गरिसकेका छन् । किरण अभिनेता दयाहाङ राईका विद्यार्थी समेत हुन् ।


माघेसंक्रान्ति लक्षित गर्दै पुस २७ गते प्रदर्शन हुने फिल्म ‘पर्खि बसें तिमीलाई’ मा उनले पठाओ चालकको भूमिका निर्वाह गरेका छन् । गुड लुकिङसँगै थियटरको रङ्ग मञ्च मार्फत अभिनयमा निखारता ल्याउन उनले सात वर्ष लगाए । उनलाई यो बीचमा अभिनेता बन्ने अफर नआएको होइन तर उनले राम्रो टिम र समय पर्खिएको बताए ।

उनी एक वेब सिरिजमा अभिनय गर्ने तयारी गर्दै गर्दा निर्देशक दीपक श्रेष्ठले उनलाई अफर गरेका थिए । यो फिल्ममा किरणसँगै रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् । ‘थियटरमा काम गरिरहेको थिएँ । आफ्नो कलाकारितालाई विश्वव्यापी बनाउने माध्यम फिल्म पनि हो । अफर आएपछि किन नगर्ने ? भन्ने लागेको हो’, किरणले भने,‘दीपक सरकै पर्खी बसेँ मार्फत राज दाइ (राज बल्लभ कोइराला) ले डेब्यु गर्नु भएको थियो । यहिँ नाम पाएपछि झनै उत्साहित भए ।’

अहिले फिल्म क्षेत्रमा उनलाई अभिनय सिकाउने गुरु दयाहाङ राईको वर्चश्व छ । उनलाई नाटकबाट फिल्ममा आउने नयाँ पुस्ताको रुपमा हेर्न सकिन्छ । फिल्म र नाटकलाई फरक माध्यम भएकाले उनले दुवै मार्फत कलाकारिता देखाउन खोजेका छन् । ‘यी दुई माध्यममा अभिनयको भेरिएसन फरक पक्कै छ । थिएटरमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिन्छ । फिल्ममा चाहिं रेकर्डेड हुन्छ । फिल्ममा इमोसनलाई निरन्तरता दिन मुस्किल पर्ने रहेछ’, किरणले अनुभव सुनाउदै भने, ‘एउटा कलाकार भएपछि दुवैतर्फ काम गर्न सक्नुपर्छ भन्ने लगेर सुरु गरे । थियटर र फिल्म दुवैलाई निरन्तरता दिन्छु ।’

निर्देशक श्रेष्ठ उनै हुन् जसले ‘पर्खि बसें’बाट राजबल्ल भसँगै युना उप्रेतीलाई ब्रेक दिएका थिए । यो फिल्मको कथा अहिलेको परिवेशसँग मिल्दो सामाजिक र प्रेम कथानक छ । उनले यसमा द्वन्द्व, रोमान्स, ड्रामा सबै पाउने बताए । केही समयको अन्तरालमा प्रेम कथामा आधारित फिल्म आएको छ ।

‘कसैको गल्तीबाट प्रेम सम्बन्धमा आउने खटपटको कथा यसको छ । यो समाजको प्रतिविम्ब पनि हो । यसमा युवा पुस्तासँगै अभिभावकले पनि रिलेट गर्नुहुनेछ । किनकी हामी दुवैले एक अर्कालाई बुझ्नु जरुरी छ’, किरणले भने ।
उनी आफूमा हिरोरिजम र कलाकारिता दुवै होस् भन्ने चाहन्छन् । त्यहिँ अनुसार उनले आफ्नो करिअरलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । समग्रमा उनी कलात्मक र व्यावसायिक दुवै फिल्ममार्फत कलाकारिता देखाउने तयारीमा छन् ।

‘स्टार र कलाकारको आफ्नै विशेषता छ । दुवैले आफ्नो कलाकारिता वा स्टारडम मार्फत दर्शकको मन जितेका छन् । भारतमै हेर्ने हो भने दुवै गुण भएका अभिनेता छन् । म दुवै मेकर्सको रोजाईमा पर्ने गरि काम गर्न चाहन्छु’, किरणले भने । उनी ‘पर्खिबसें तिमीलाई’बाट आफ्नो अभिनय, नृत्य र लुक्सको प्रशंसाको अपेक्षा राख्छन् । वर्षमा कम्तीमा दुई नाटक र फिल्म गर्ने उनको योजना छ ।

निर्देशक श्रेष्ठ किरणसँगै रक्षा र अनिशाको भविष्य उज्वल देखन्छन् । ‘युवा पुस्तामा पनि उस्तै डेडीकेसन पाएँ । उनीहरूले गरेको मेहनतले मलाई पुरानो समयको झल्को दियो । यी युवाहरूले प्रविधिको सहजतालाई ग्रहण गरेका छन्, त्यसको फाईदा लिनेमा उनीहरूको ध्यान छैन । अर्थात् मेहनती छन्’, निर्देशक श्रेष्ठले भने ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम)को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha