डिजाइनर वेयरमा चिटिक्क नाजिर (६ तस्बिर)
नायक नाजिर हुसेन अभिनित फिल्म ‘अगस्त्य’को आइतबार प्रोमो लञ्च गरियो । प्रेसमिटमा नाजिर डिजाइनर वेयरमा चटक्क परेर पुगेका थिए ।
सुगठिलो शरिर बनाएका नाजिरले मिडियामाझ खुलेर पोज दिए । सौरभ चौधरी निर्देशित ‘अगस्त्य’मा नाजिरसँगै सौगात मल्ल र मलिका महतको मुख्य भूमिका छ । फागुन १८ देखि प्रदर्शनमा आउने फिल्मको टिजरलाई रुचाइएको छ ।
टिजर रिलिज प्रेसमिटमा खिचिएको नाजिरसँग सौगात र मलिकाका ६ तस्बिरहरु हेुर्नस् ! तस्बिर : उद्धव रसाइली