find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

महिला शसक्तिकरणको विषयमा बन्यो ‘चल्ने हावालाई’

महिला शसक्तिकरणको विषयलाई समेटेर निर्देशक सङ्गीता श्रेष्ठले निर्देशन गरेको म्युजिकल फिल्म ‘चल्ने हावालाई’ सार्वजनिक गरिएको छ । गत शनिवार साँझ ललितपुरस्थित युनाइटेड एकेडेमीमा आयोजित एक कार्यक्रमका बीच उपसभामुख इन्दिरा रानाको प्रमुख आथित्यतामा उक्त बाह्र मिनेट लम्बाई रहेको म्युजिक फिल्म सार्वजनिक गरिएको हो ।

सरु पराजुलीको स्वर तथा शिव चम्लागाईको शब्द र सङ्गीत रहेको गीतमा अभिनेत्री हमालले पाइलट बन्ने सपना पुरा गर्न गरेको सङ्घर्षलाई देखाईएको छ । उनको पात्र मार्फत समाजले महिलालाई हेर्ने दृष्टिकोण, छोरीलाई अवसरबाट बन्चित गराउने कारण, लैंगिक विभेद जस्ता पक्षलाई देखाईएको छ । भिडियो निर्माणमा नेपाली सेनाले विशेष सहयोग गरेको निर्देशक श्रेष्ठले बताइन । उक्त म्युजिकल फिल्म हेरिसकेपछि उपसभामुख रानाले प्रसंशा गर्दै उदेश्य बोकेर सङ्घर्ष गरेमा सफलता हात पर्ने बताइन ।

निर्देशक श्रेष्ठले ‘चल्ने हावालाई’ मार्फत छोरीहरूलाई छोराझैँ समान रुपमा हेर्न र बुझ्न आग्रह गरिएको बताइन । ‘हामी छोरालाई दिने अवसर किन छोरीलाई दिन सक्दैनौँ ? के उनीहरूमा योग्यता छैन र ? कि हाम्रो सोच नै अयोग्य छ ? यस्ता विषयमा सोच्नु पर्ने समय आएको छ’, निर्देशक श्रेष्ठले भनिन्,‘यो गीत सुनेपछि यसको शब्द अनुसार एउटा कथा फुरेपछि म्युजिकल फिल्मको रुपमा तयार गरेका हौँ । छोरीलाई अवसर दिनका लागि हामीले मन र सोच सुन्दर र फराकिलो बनाउनै पर्छ ।’

उक्त कार्यक्रममा म्युजिकल फिल्ममा देखिएकी बाल कलाकार तथा निर्देशक श्रेष्ठकी छोरी सम्वृद्धि श्रेष्ठ आफ्नो प्रतिभा उजागर गर्दै उक्त गीत लाइभ गाएकी थिइन् । उक्त गीतमा सञ्चिता लुइँटेल, बेनिसा हमाल, गजित बिष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक श्रेष्ठको कामदेखि आफू हरेक पटक प्रभावित भएको भन्दै अभिनेता विष्टले प्रशंसा गरे । ‘मैले सङ्गीताजीसँग कथा प्रेमका नामक शृङ्खलामै काम गरेको थिएँ । त्यस समयदेखि नै उहाँले निर्माण गर्ने फिल्म, शृङ्खला वा म्युजिक भिडियो भएपनि त्यसमा मनोरन्जनसँगै संदेश हुन्छ । यो हेर्नका लागि मात्र नभई हाम्रो सोचाइ परिवर्तन गर्ने भिडियो बनेको छ । म यसमा जोडिन पाउँदा गौरवान्वित महसुश गरिरहेको छु’, अभिनेता विष्टले भने ।

म्युजिकल फिल्म हेरिसकेपछि नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक कुराहरूलाई गीतसङ्गीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha